Logo

सुदूररपश्चिममा संक्रमित हुनेहरूकाे संख्या ३४७ पुग्याे



Spread the love

असार २, काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या ३४९७ पुगेकाे छ । बितेकाे २४ घण्टामा १७ जनामा काेराेना संक्रमण देखिएसँगै संक्रमित हुनेहरूकाे संख्या ३४७ पुगेकाे हाे ।

सेती प्रादेशिक अस्पताल धनगढीकाे काेराेना परीक्षण प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् कैलाली र कञ्चनपुरका क्रमश, १० र ७ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

संक्रमित हुनेहरूमा ३ महिला र १४ पुरूष रहेका छन् ।

हालसम्म सुदूरपश्चिममा काेराेना भाइरसबाट दुई जनाको मृत्यु भइसकेको छ भने ५२ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्