एजेन्सी । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा विस्फोट भएको छ । दुई कोरियाको सीमा क्षेत्रमा रहेको केसङ क्षेत्रको औद्योगिक पार्कमा विस्फोट भएको दक्षिण कोरियाले जनाएको छ ।
के कारणले विस्फोट भएको हो भन्ने कुरामा अझै पनि खुलासा हुन सकेको छैन । यद्यपि अनुसन्धान जारी नै छ ।
दक्षिण कोरियाले उत्तर कोरियाले विस्फोट गराएको अनुमान गरेको छ । उत्तर कोरियाले यस घटनामा केही पनि प्रतिकृया जनाएको छैन ।
प्रतिक्रिया दिनुहोस्