एजेन्सी । लामो समयको कडा प्रतिबन्धपछि धेरै देशहरुले लकडाउन खुकुलो बनाउन थालेका छन् । तर, संक्रामक रोगका प्रमुख विशेषज्ञहरुले भने कोरोना भाइरस अहिल्यै नहराउने बताएका छन् । जस कारणले फेरि लकडाउन लगाउन पर्नेछ ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ । अमेरिकामा लकडाउनमा छुट दिन थालिसकिएको छ । तर, धेरै प्रदेशका नेताहरुले भने फेरि लकडाउन गरिन सक्ने चेतावनी दिएका छन् ।
संक्रामक रोग विशेषज्ञ माइकल टी ओस्टरहाेल्मले तत्काल भाइरस नहराउने कुरामा जोड दिएका छन् । यसैगरी कोरोना भाइरसबाट संक्रमित भएका जोसेफ फेयरले पनि कोरोना भाइरस धेरै जनसंख्यामा फैलिए पुरानो स्थितिमा आउन भ्याक्सिन बाहेक अन्य कुराको विकल्प नभएको बताएका छन् ।
न्यूयोर्क टाइम्समा प्रकाशित भएको एक रिपोर्ट अनुसार संक्रामक रोग विशेषज्ञ माइकल टी ओस्टरहाेल्मले भने, ‘भाइरस आराम गर्न गइरहेको छैन, जबसम्म ६० देखि ७० प्रतिशत जनसंख्या संक्रमित नभएसम्म हराउनेवाला छैन ।’
माइकलले यसभन्दा अगि भ्याक्सिन नबनेसम्म ६० देखि ७० प्रतिशतसम्म जनसंख्या संक्रमित हुने बताएका थिए ।
विज्ञहरुले ७० प्रतिशत जनसंख्या संक्रमित भएपछि कम्युनिटीमा हर्ड इम्युनिटी बन्न सक्नेछ अनि भाइरसको चेन हराउनेछ । यद्यपि अमेरिकामा २० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । तर यो आंकडा अमेरिकाको जनसंख्याको एक प्रतिशतभन्दा पनि कम हो