असार २, काठमाडौं । देशका विभिन्न ठाउँमा कोरोना संक्रमण फैलिने क्रम जारी छ । यस्तो अवस्थामा काठमाडौं अछुत रहने कुरा हुँदैन ।
संक्रमणको हिसाबले भने काठमाडौं उपत्यकामा अन्य क्षेत्रभन्दा कम जोखिममा रहेको बताइए पनि हालसम्म संक्रमित हुनेहरुको संख्या ४३ पुगिसकेको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी संक्रमितको संख्या ४३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा सबैभन्दा धेरै संक्रमित काठमाडौंमा रहेका छन् ।
संक्रमितहरुको उपचार टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
संक्रमितहरुमध्ये २४ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्