Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै



Spread the love

२ असार, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा ३ सय ९५ जनाले ज्यान गुमाएका छन् भने ११ हजार ३ सय बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुलाई १५ तारिखमा मात्रै भारतमा ३२१ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा ७४ ले बढेको छ । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा पर्न जान्छ ।

अहिलेसम्म भारतमा ३ लाख ४३ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ९ हजार ९ सय २५ जनाको मृत्यु भइसकेको छ । १ लाख ८० हजारको उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्