एजेन्सी । बलिउडका कलाकार सुशान्तसिंह राजपुतले आइतबार मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा आत्महत्या गरे । यद्यपि उनको आत्महत्याको रहस्य अझै थाहा भएको छैन ।
बलिउडकी अभिनेत्री कंगना रनावतले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै सुशान्तको मृत्युको जिम्मेवार बलिउडलाई लगाएकी छिन् । कंगनाले स्पष्टरुपमा आत्महत्या नभइ हत्या भएको उल्लेख गरेकी छिन् ।
कंगना रनावतले भनिन्, ‘सुशान्तसिंह राजपुतको मृत्युले हामीलाई हल्लाएको छ । तर, केही मानिसहरुको दिमाग कमजोर हुन्छ । उनीहरु डिप्रेशनमा आउँछन् अनि आत्महत्या गर्छन् । ’
‘जो पढाइमा निकै उत्कृष्ट हुन्छन्, उसको दिमाग कसरी कमजोर हुन सक्छ ? यदि तंपाईले सुशान्तको अन्तिम पोस्ट हेर्नुभयो भने उनले मेरो चलचित्र हेर्नुहोस् भनी भनेका छन् । मेरो कुनै गडफादर छैन । मलाइ यस इण्डस्ट्रिजबाट निकालिएको थियो । उनले आफ्नो अन्तरवार्तामा बलिउडले किन नअपनाएको भनी स्पष्ट पारेका छन् ।
गल्ली ब्योइजस्ता वाहियात चलचित्रलाई अवार्ड मिल्छ तर छिछोरेलाई मिल्दैन । मैले नै चलचित्रको निर्देशन गर्दछु, जसलाई मानिसहरु फ्लप भनिदिन्छन् । ममाथि छ केस हालिएको थियो । किन मलाइ जेलमा हाल्न कोसिस गरियो अनि जो मानिस सुशान्तको बारेमा लेखिरहेका छन् कि उनी साइकोटिक हुन् । यो आत्महत्या होइन, हत्या हो । तर, सुशान्तले उनीहरुको कुरा मानेर गल्ती गरे ।’
सुशान्तका मामाले पनि सुशान्तले आत्महत्या गर्न नसक्ने बताएका छन् । उनले भने, ‘ उनले आत्महत्या गर्न सक्दैनन् । प्रहरीको यस घटनामा जाँच गर्नु पर्दछ । उनको मृत्युमा कुनै दाउपेच हुन सक्छ । उनकी हत्या भएको हो । ’
कंगनाकाे भिडियाे हेर्न यहाँ थिच्नुहाेस् ।