असार १, काठमाडौं । कैलालीमा क्वारेन्टाइनमा भएको बलात्कारको आरोपमा तीनजना पक्राउ परेका छन् ।
उक्त महिला कैलालीको लम्कीचुहा नगरपालिका १ मा रहेको आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी थिइन् । साेही क्वारेन्टाइनमा उनकाे बलात्कार भएकाे थियाे ।
क्वारेन्टाइनमा काम गरिरहेका २२ वर्षीय स्वास्थ्यकर्मी किशोर परियारसँगै स्वयंसेवकहरु २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्