एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले भन्दा रुसले कोरोना भाइरस विरुद्धको लडाइँ राम्रोसँग लडेको बताएका छन् ।
पुटिनले सरकारी टीभीसँगको कुराकानीमा भने, ‘मैले अरु देशको सरकार अथवा राष्ट्रपतिले जे भन्छ त्यो गर्छु भन्ने सोंच्न पनि सक्दिंन । मलाइ यस्तो लागिरहेको छ की यस केसमा समाज र मानिसको हितभन्दा माथि पार्टीको हित राखिएको छ । ’
‘रूसले काेराेना विरूद्धकाे लडाइँमा अमेरिकाले भन्दा राम्राे गरेकाे छ ।’ पुटिनले थपे ।
अमेरिकामा अहिलेसम्म २० लाख ९४ हजार ६९ जना संक्रमित भइसकेका छन् भने १ लाख १५ हजार ७३२ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी रुसमा ५ लाख २८ हजार २६७ जना संक्रमित भएका छन् ।
संक्रमितको संख्या अत्याधिक भए पनि रुसमा मर्नेहरुको संख्या भने कम नै छ । हालसम्म रुसमा करिब ७ हजार मानिसले ज्यान गुमाएका छन् । तर धेरैले रुसमा निकै कम मर्दा शंका भने जनाइरहेका छन् ।