Logo

इन्जिनियरिङको पढाइ बिचमै छाडेर चलचित्रमा आएका थिए सुशान्तसिंह



Spread the love


एजेन्सी । बलिउडका कलाकार सुशान्तसिंह राजपुतको आत्महत्याले धेरैलाई दुखी दिएको छ । विशेषगरी बलिउड बढी शोकमा रहेको छ । प्रहरीले उनको मृत्यु पछाडिको रहस्य पत्ता लगाउँदैछ ।
सुशान्तले बलिउडमा आफ्नो नाम कमाइसकेका थिए । उनी चलचित्रको क्षेत्रमा मात्र नभइ पढाइमा पनि अब्बल थिए ।

पटनामा हुर्केका सुशान्तसिंहले दिल्ली कलेज अफ इन्जिनियरिङमा मेकानिकल इन्जिनियरिङमा भर्ना भएका थिए । डीसीईको इन्ट्रान्समा उनले सातौँ स्थानमा आफ्नो नाम सुनिश्चित गरेका थिए । तर, उनले इन्जिनियरिङलाई बिचमै छाडी ग्लामरको दुनियाँतिर लागे ।

तीन वर्ष इन्जिनियरिङ पढी आधामा नै छाडिदिए । आफ्नो सपना पुरा गर्न मुम्बई गए । सन् २००८ मा बालाजी टेलिफिल्म्स टिमले उनलाई ‘किस देश मे है मेरा दिल’ को लागि छाने । यहींबाट सुशान्तले आफ्नो नयाँ करिअरको सुरुवात गरे । यसपछि उनलाई पवित्र रिश्ता सिरियलमा देखिए । यहीं सिरियलबाट नै उनी चर्चाको शिखरमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्