जेठ ३१, काठमाडौं । सरकारले निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न अनुमति दिएको बताएको छ ।
यद्यपि निजी प्रयोगशालाले भने आफै स्वाब संकलन गर्न पाउने छैन । सरकारले संकलन गरेको स्वाबमात्र परीक्षण गर्न पाउने छ ।
मन्त्रालयले निजी प्रयोगशालामा सरकारले संकलन गरेका नमुना परीक्षणको लागि दिने छ । उक्त परीक्षण गरेवापत सरकारले निजी प्रयोगशालालाई रकम उपलब्ध गराउने छ ।
प्रतिक्रिया दिनुहोस्