Logo

थप एक जनाको कोरोनाको कारण मृत्यु, मर्नेहरूकाे संख्या १९ पुग्याे



Spread the love

जेठ ३१, काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका ४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जेठ १२ गते प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनी भारतबाट आएका थिए ।

यससँगै नेपालमा काेराेना भाइरसबाट मर्नेहरूकाे संख्या १९ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्