Logo

३४ वर्षीय कलाकार सुशान्तसिंह राजपुतद्वारा आत्महत्या



Spread the love

एजेन्सी । बलिउडका कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ वर्षीय सुशान्तसिंह राजपुत मुम्बईको बान्द्रामा बस्दै आएका थिए ।

भारतीय मिडियाहरुका अनुसार उनले लामो समयदेखि नै डिप्रेसनको औषधि सेवन गर्दै आइरहेका बताएका छन् ।

उनले सन् २०१३ मा रिलिज भएको चलचित्र काइ पो चे नामक चलचित्रबाट बलिउडमा डेब्यू गरेका थिए । त्यसभन्दा पहिला सन् २००८ मा बालाजी टेलिफिल्म्स टिमले उनलाई ‘किस देश मे है मेरा दिल’ सिरियलबाट करिअरकाे सुरूवात गरेका थिए ।

उनले पीके, एमएस धोनी, केदारनाथ, छिचोरे लगायतका चलचित्रमा काम गरेका छन् ।

उनको मृत्युमा भारतीय निर्देशक अनुराग कश्यपले, ‘यो सत्य हुनै सक्दैन’ भनी ट्वीट गरेका छन् ।

यसैगरी कलाकार अक्षय कुमारले ट्वीट गर्दै लेखेका छन्, ‘यस समाचारले मलाई अवाक बनाएको छ । मैले छिचोरे हेरिसकेपछि साथी सजिदलाई मैले निकै आनन्दका साथ चलचित्र हेरेको बताएको थिएँ । उनी प्रतिभावान कलाकार हुन् । भगवानले उनको परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् । ’

प्रतिक्रिया दिनुहोस्