जेठ ३१, काठमाडौं । नवलपरासी पश्चिममा रहेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । गाउँपालिकाको गाडी अनियन्त्रित भएर बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा पल्टिएको हो ।
शर्मा विपद व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाँदै थिए ।
शर्मालाई उपचारको लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । सवारी चालक हरिलाल राजभर गम्भीर घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्