एजेन्सी । अफ्रिकी मूलका अमेरिकन नागरिक जर्ज फ्लोइडलाई बिना कसुरमा मारेको विरोधमा अमेरिकामा जातिय विभेद विरुद्ध आन्दोलन भइरहेको छ । यहीं आन्दोलन भइरहँदा पनि प्रहरीद्वारा अर्का काला जातिका युवालाई गोली हानी हत्या गरिएको छ ।
अमेरिकाको एटलान्टा प्रदेशको रेस्टुरेन्ट नजिकै कारमा सुतिरहेको बेलामा एक अश्वेत युवामाथि प्रहरीले गोली हानी हत्या गरेको छ । उक्त अश्वेत युवाको नामा रेसार्ड ब्रुक्स हो । ब्रुक्सलाई गोली हानेपछि एटलान्टाकी प्रहरी एरिका सिल्डसले राजीनामा दिएकी छिन् ।
प्रहरी प्रशासनले झडपका क्रममा ब्रुक्सलाई गोली हानेको बताएको छ । ब्रुक्सको कार नजिकको रेस्टुरेन्टमा प्रदर्शनकारीहरुले आगो लगाइदिएका छन् ।
प्रतिक्रिया दिनुहोस्