एजेन्सी । कोरोना महामारीको स्थिति सम्हाल्न कोसिस गरिरहेका चिलीका राष्ट्रपति सेबेस्टियन पिनयेराले स्वास्थ्यमन्त्री खाएमे मान्यालिचले राजीनमा दिएको घोषणा गरेका छन् ।
विपक्षी पार्टीले स्वास्थ्यमन्त्रीले पहिला नै राजीनामा दिनुपर्ने बताएको छ ।
देशका नयाँ स्वास्थ्यमन्त्री एनरिक पेरीले सरकारको आलोचना गर्नेहरुको पनि राय सुनिने बताएका छन् ।
चिलीमा अहिलेसम्म कोरोना भाइरसबाट तीन हजारभन्दा धेरैको ज्यान गएको छ भने १ लाख ६७ हजारभन्दा धेरै संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्