एजेन्सी । भारतमा कोरोनाको कहर बढिरहेको छ । बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ११,९२९ जना संक्रमित भएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ लाख २० हजार ९२२ पुगेको छ ।
बितेको २४ घण्टामा भारतमा ३११ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ९१९५ जनाको मृत्यु भइसकेको छ ।
१ लाख ६२ हजारभन्दा धेरै निको भइ घर फर्किएका छन् भने १ लाख ४९ हजार ३४८ जनाको उपचार भइरहेको छ ।
महाराष्ट्र, तमिलनाडु र दिल्लीजस्ता प्रदेशहरु बढी प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्