एजेन्सी । चीनमा शनिबार ५७ जना कोरोना संक्रमण भेटिएका छन् । १३ अप्रिलपछि पहिलो पटक यति धेरै संख्या कोरोना संक्रमित भेटिएका हुन् । आइतबार राष्ट्रिय स्वास्थ्य संघले प्रस्तुत आंकडा जारी गरेको हो ।
राष्ट्रिय स्वास्थ्य संघका अनुसार ५७ जनामध्ये ३६ जना चीनको राजधानी बेइजिङका हुन् भने बाँकी स्थानीय स्तरमा संक्रमित हुन् ।
शुक्रबार बेइजिङमा ६ जनामा संक्रमण देखिएको थियो । दोस्रो चरणको संक्रमणको डरले खेल र पर्यटनसँग जोडिएका आयोजनाहरु खारेज गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्