Logo

ब्राजिलमा डाक्टरहरुलाई ठुलो चुनौती



Spread the love


एजेन्सी । ब्राजिलका केही क्षेत्रमा लकडाउन खुकुलो बनाइएको छ । यसका साथै सबैभन्दा धेरै प्रभावित भएका सहर काठमाडौं र रियो दी जेनेरियोमा पसल र सपिगं मल खुल्न गइरहेका छन् ।

ब्राजिल अमेरिकापछिको सबैभन्दा प्रभावित देश हो । ब्राजिलमा कोरोना भाइरसबाट ८ लाख २ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ४० हजारभन्दा धेरैको ज्यान गएको छ ।

यद्यपि विज्ञहरुले देशमा परीक्षण सीमित संख्यामा भएकाले सही आंकडा आउन नसकेको बताउँछन् ।

साओ पाउलो यूनिभर्सिटी अस्पतालमा आईसीयू र आपतकालीन विभागमा काम गर्ने एक डाक्टरले पसल र सपिंग मल खोल्ने कुरामा आफूले समर्थन नगर्ने बताएका छन् ।

उनी भन्छन्,‘प्रत्येक दिन कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरु अस्पतालमा आइरहेका छन् । हाम्रो अस्पतालमा उपचारको लागि साधन उपलब्ध छन् तर ब्राजिलका अन्य अस्पतालको बारेमा भने भन्न सकिंदैन ।’

उनले ब्राजिलका राष्ट्रपति जायर बोलनासारोका कारणले यो अवस्था आएको जनाउँछन् । राष्ट्रपतिले कोरोना भाइरसलाई सामान्य फ्लू भनेका थिए ।

उनले कोरोना संक्रमित बिरामीहरुलाई उपचार गर्न निकै गाह्रो भएको बताएका छन् । उनका अनुसार ब्राजिलका मानिसहरु राष्ट्रपतिको कुरा सुन्ने कि डाक्टरको भनी अलमल परिरहेका छन् । मानिसहरु डाक्टरको रायमा भरोसा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्