Logo

अमेरिकामा सेप्टेम्बरसम्म दुई लाख मानिस मर्न सक्छन्– आशिष झा



Spread the love


एजेन्सी । अमेरिकामा सेप्टेम्बरसम्म कोरोना भाइरसबाट दुई लाख मानिस मर्न सक्ने आशंका गरिएको छ ।

हार्वड ग्लोबल हेल्थ इन्स्चिच्युटका प्रमुख आशिष झाले अमेरिकी टीभी च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा यदि संक्रमितको संख्या बढ्दै गयो भने सेप्टेम्बरसम्म अमेरिकामा मर्नेहरुको संख्या दुई लाखसम्म पुग्ने बताएका छन् ।

उनले सेप्टेम्बरपछि पनि महामारी नहराउने र मान्छे मर्नेको सिलसिला भने चलिरहने पनि बताएका छन् ।

जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना भाइरसबाट मर्नेहरुको संख्या २० लाख नाघेको छ भने एक लाख १३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

अमेरिकाले यहीं बुधबारबाट लकडाउन खुकुलो बनाएको छ । आशिष झाले यस विषयमा पनि चिन्ता जनाएका छन् । उनले अमेरिकाले कोरोना नियन्त्रण नगर्दै लकडाउन खोलिसकेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्