Logo

ब्राजिलमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या ४० हजार नाघ्यो



Spread the love


एजेन्सी । ल्याटिन अमेरिकी देश ब्राजिलमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या ४० हजार कटेको छ । बितेको २४ घण्टामा ब्राजिलमा १२४० जनाको मृत्यु भएसँगै मर्नेहरुको संख्या ४० हजार ९२० पुगेको हो ।

बितेको २४ घण्टामा ब्राजिलमा ३०,४१२ संक्रमित भएका छन् । यसका साथै ब्राजिलमा संक्रमित हुनेहरुको संख्या ८ लाख २ हजारभन्दा धेरै भएको छ ।

ब्राजिलको ठुलो सहर साओ पाउलोमा मर्नेहरुको संख्या अत्याधिक रहेको छ । साओ पाउलोमा १०,१४५ मानिसको ज्यान गइसकेको छ । यसपछि भने रियो दी जेनेरिओमा सात हजारभन्दा धेरैको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा ३ लाख ४५ हजार मानिस निको भएका छन् ।

ब्राजिलले स्थिति सम्हाल्न नसक्दा चारैतिर आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्