Logo

भारतमा एकैदिनमा १० हजारभन्दा धेरै संक्रमित, बेलायतलाई उछिनिसक्यो



Spread the love


एजेन्सी । भारतमा बितेको २४ घण्टामा कोरोना भाइरसबाट १०,९५६ जना संक्रमित भएका छन् । भारतमा पहिलो पटक यति धेरै संख्यामा संक्रमित भएका हुन् ।

बितेको २४ घण्टामा मृत्यु हुनेहरुको संख्या पनि आजसम्मकै अत्याधिक रहेको छ । भारतमा बितेको २४ घण्टामा ३९६ जनाले ज्यान गुमाएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट २ लाख ९७ हजार ५३५ जना संक्रमित भएका छन् भने ८,४९८ जनाले ज्यान गुमाएका छन् ।

यसै गरी निको भइ घर फर्किनेहरुको संख्या १ लाख ४७ हजार रहेको छ ।

संक्रमणको हिसाबले भारतले बेलायतलाई जितिसकेको छ । अमेरिका, ब्राजिल र रुसपछि भारत रहेको छ ।

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र प्रदेश भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्