Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एकले घट्यो



Spread the love

३० जेठ, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ९ सय ८२ जनाको मृत्यु भएको छ भने हिजो १० तारिकमा ९ सय ८३ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या १ घटेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । २० हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख १६ हजार २ सय ५४ जना मृत्यु भएको छ भने २० लाख ८० हजार भन्दा बढी संक्रमित भएका छन् । ८ लाख २० हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्