२९ जेठ, काठमाडाैँ – कोरोना रोकथामका लागि गरिएको लकडाउन खुकुलो बनाइएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकको निर्णयसँगै देशभर लकडाउनमा केही सहजता अपनाइने भएको हो ।
सरकारले सडक आवागमन सहित उद्योग व्यवसायमा समेत सहज गर्ने निर्णय गरेको छ । सोही अनुसार रेष्टुरेन्ट सञ्चालनमा पनि केही सहज पारिदिएको छ ।
अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय भएको आजको पत्रकार सम्मलेनमा जानकारी दिएका छन् ।
रेष्टुरेन्ट खुले पनि रेष्टुरेन्ट मै बसेर खान तथा भिडभाड गर्न भने नपाइने बताएका छन् । रेष्टुरेन्टबाट खाजा तथा खाना घर अथवा अफिस लगेर खान सकिने निर्णय भएको खतिवडाले जानकारी दिए ।
रेष्टुरेन्ट आंशिक रूपमा सञ्चालन भएता पनि होटलहरू भने अहिल्यै सञ्चालन नहुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्