एजेन्सी । ईरानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या फेरि तिव्र गतिमा बढेको छ ।
ईरानमा जुनको पहिलो सातामा प्रत्येक दिन ३ हजारभन्दा धेरै संक्रमित भएका छन् ।
यसभन्दा पहिले ईरानमा कोरोना संक्रमण ५० प्रतिशतले घटेको थियो ।
ईरानमा शुरुमा नै कोरोना भाइरस देखिएको थियो ।
अप्रिलको मध्यमा संक्रमितको संख्या कम भएपछि ईरानले लकडाउनमा खुकुलो बनाएको थियो ।तर, अहिले जुन हिसाबले ईरानमा संक्रमण बढेको छ जसलाई देखेर विज्ञहरु कतै दोस्रो चरण सुरु भएको त छैन भनी आशंका गरेका छन् ।
इरानमा हालसम्म कोरोना भाइरसबाट १ लाख ७७ हजार ९३८ जना संक्रमित भइसकेका छन् भने ८,५८४ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्