२९ जेठ काठमाडौं । नेपालमा सुनको मूल्य फेरि बढेको छ । बिहीबार नेपालमा सुनको मूल्य प्रतितोला ८९ हजार ६०० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ६०० रुपैयाँ थियो ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढेको हो । चाँदीको मूल्य प्रतितोला ९ सय ५० रहेको छ भने तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ६५ रहेको छ । जेठ २५ पछि नेपालमा सुनको मूल्य बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्