Logo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्याली सुरु गर्ने



Spread the love


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्याली सुरु गर्ने बताएका छन् । उनले कम्तिमा पनि चार प्रदेशबाट चुनावी र्याली सुरु गर्ने उल्लेख गरेका छन् ।

कोरोना भाइरसको कारणले गर्दा चुनावी र्याली स्थगित गरिएको थियो ।

ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्नो चुनावी र्याली फ्लोरिडा, एरिजोना, उत्तरी क्यारोलिना र ओक्लाहोमाबाट सुरु गर्ने बताएका छन् ।

यद्यपि उनले यस आयोजनाको दौरान कोरोना भाइरसको संक्रमण बढ्न सक्ने बारेमा केही पनि बताएका छैनन् ।

ट्रम्प डेमोक्रेट नेता जो बिडेनसँग राष्ट्रपति चुनावमा भिड्नेछन् । अमेरिकामा यहीं सालको नोभेम्बरमा चुनाव हुँदैछ ।

धेरै विज्ञहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हार्न सक्ने बताएका छन् । कोरोना भाइरसलाई नियन्त्रण गर्न नसकेको भनी उनको आलोचना अमेरिकामा व्यापक रुपमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्