एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मौसम परिवर्तन हुँदैमा कोरोना भाइरसको असर कम नहुने चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठनका आपतकालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले भने,‘हामी मौसम परिवर्तन भएर कोरोना भाइरसको असर कम हुने भन्ने आशा गरेर बस्न सक्दैनौँ । अहिले हामीसँग यस कुराको पुष्टि गर्न कुनै आधार छैन ।’
महामारीको सुरुवाती समयमा केही मानिसहरुले गर्मी मौसम सुरु भएपछि कोरोना भाइरसको प्रकोप कम हुने बताएका थिए । तर, गर्मी सुरु भएपनि कोरोना भाइरसको प्रकोपमा कमी आएको छैन ।
रायनले केही देशको स्वास्थ्य सुविधाको स्थिति नाजुक भएको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्