Logo

बिना लक्षणवाला कोरोना संक्रमितले संक्रमण फैलाउँछन् कि नाइ ?



Spread the love

प्रतीकात्मक तस्वीर

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का वैज्ञानिकले बिना लक्षणवाला कोरोना संक्रमितले कति संक्रमण फैलाउँछन् या भन्ने कुरामा अझै स्पष्ट नभएको बताएका छन् ।

लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसनका महामारी विशेषज्ञ प्राफोसर लियम स्मिथले आफू डब्ल्यूएचओको बयानबाट अचम्मित परेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका स्वास्थ्य आपत स्थिति कार्यक्रमका निर्देशक डाक्टर माइक रायनले बिना लक्षणवाला संक्रमितले संक्रमण त फैलाउने तर कति फैलाउँछन् भन्ने कुरा पत्ता लाग्न नसकेको जनाएका छन् ।

क्याम्ब्रिज विश्वविद्यालयका संक्रामक रोग सल्लाहकार प्रोफेसर बाबक जाविदका अनुसार बिना लक्षणवाला संक्रमितले कम संक्रमण फैलाउँछन् ।

मानिसमा लक्षण देखिनुभन्दा तीन दिन पहिला केही संख्यामा भाइरस उत्पत्ति हुन सक्छन् र लक्षण देखिनुभन्दा पहिला एक अर्कोलाई संक्रमित गर्न सक्छन् ।

याे कुरा साँचाे हाे कि बिना लक्षणवाला संक्रमितहरुले कम मात्रामा संक्रमण फैलाउँछन् । तर, लक्षणवाला संक्रमित धेरै खतरनाक हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्