Logo

चीनले अस्ट्रेलियामा पढ्ने विद्यार्थीहरुलाई दियो चेतावनी



Spread the love

^


एजेन्सी । चीनले अष्ट्रेलियामा पढ्ने विद्यार्थीहरुलाई नश्लवादी आक्रमणको सिकार हुन सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएको छ ।

चीनको शिक्षा मन्त्रालयले यस सम्बन्धमा बयान जारी गरेको छ ।

उक्त बयानमा बताइएको छ, ‘महामारीको दौरान अस्ट्रेलियामा एसियाली मूलका मानिसलाई भेदभाव गरेको घटना सामुन्ने आएको छ । यस्ता खालका घटनामा जानी जानी निशाना बनाइएको छ । विश्वस्तरमा कोरोनाको प्रकोप अझै नियन्त्रण हुन सकेको छैन । त्यसैले यात्रा र विश्वविद्यालयको खुला परिसरमा घुम्नु जोखिम हुन सक्दछ ।’

तर अस्ट्रेलियाको शिक्षामन्त्रीले चीनले गलत दाबी गरेको बताएका छन् ।

उनले विश्वविद्यालय पूर्ण रुपमा सुरक्षित भएको बताएका छन् । उनले अस्ट्रेलियाले कोरोना नियन्त्रण पनि गरेको जनाएका छन् ।

सन् २०१९ मा अस्ट्रेलियामा पढ्ने चिनियाँ विद्यार्थीहरुको संख्या २० लाखभन्दा धेरै थियो ।

प्रतिक्रिया दिनुहोस्