काठमाडौं । कालिकोटमा यात्रु बोकर क्वारेन्टाइनमा हिँडेको टिप्पर कर्णाली नदीमा खसेको छ । भारतबाट नेपाल आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा टिप्पर बुधबार कर्णालीमा खसेको हो । दुर्घटनामा करिब ३० जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
करिब ५० यात्रुलाई टिप्परले कालिकोटको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा लैजाँदै थियो ।
स्थानीय बासिन्दाहरुले केहीलाई जीवितै उद्धार गरेका छन् । क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको छानबिन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्