काठमाडौं । जर्ज फ्लोइडलाई उनकी आमाको चिहान नजिक गाडिएको छ । ह्युस्टन मेमोरिअल गार्डेनमा फ्लोइडलाई उनकी आमाको चिहानसँगै गाडिएको हो ।
जर्ज फ्लोइडको मृत्यु मे २५ मा भएको थियो । उनलाई बिना गल्ती प्रहरीले घाँटी थिँचेर मारेका थिए । उनले सास फेर्न नसक्दा आइ क्यान्ट ब्रेथ भनिरहेका थिए ।
जर्ज फ्लोइडको हत्यामा संलग्न चार प्रहरी अधिकारीहरुलाई बर्खास्त गरिएको छ ।
जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा जातिय विभेदविरुद्ध आन्दोलन चलिरहेको छ । अमेरिकामा मात्र नभई विश्वका विभिन्न देशमा पनि जातिय विभेद विरुद्ध प्रदर्शन भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्