Logo

उच्च अदालतको आदेशपछि ब्राजिलद्धारा हटाइएको आंकडा फिर्ता



Spread the love


एजेन्सी । ल्याटिन अमेरिकी देश ब्राजिलले कोरोना भाइरसबाट संक्रमित र मृत्यु भएको आंकडा फिर्ता राखेको छ । मंगलबार उच्च अदालतले सरकारलाई आंकडा फिर्ता गर्नको लागि निर्देशन गरेको थियो ।

केही दिन अगाडि ब्राजिलको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटबाट कोरोना भाइरसका बिरामीसँग जोडिएका धेरै कुराहरु हटाइएको थियो । जसको कारणले गर्दा ब्राजिलको चौतर्फी आलोचना भइरहेको थियो ।

ब्राजिलको स्वास्थ्य विभागले आंकडा हटाउनुको साथै आगामी दिनमा हुने संक्रमणको संख्या पनि जारी नगर्ने बताएको थियो ।

तर, मंगलबार देशको सर्वोच्च अदालतले मन्त्रालयलाई आंकडा फिर्ता गर्नको लागि आदेश दिएको थियो । सर्वोच्च अदालतका साथै विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमितको आंकडालाई लिएर ब्राजिललाई पारदर्शिता अपनाउनको लागि अपील गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्