एजेन्सी । अफगानिस्तानको मजार ए शरिफ मस्जिदमा पालिएका हजारभन्दा धेरै परेवाहरुको दाना नमिलेको कारण मृत्यु भएको छ । लकडाउनको कारण लामो समयसम्म मस्जिद बन्द भएकाले परेवाहरुले दम तोडेका हुन् ।
१२ औँ शताब्दिमा यस मस्जिदलाई निली मस्जिदको रुपमा चिनिने गरिन्थ्यो किनकि यो मस्जिदको पत्थर निलो रङको थियो ।
मस्जिदको हेरचाह गर्ने एक कर्मचारीले दाना हाल्न कोही पनि नआएपछि परेवा मरेको बताएका छन् । उनका अनुसार प्रतिदिन ३० भन्दा धेरै परेवाको ज्यान गएको थियो ।
लकडाउनकाे कारण अफगानिस्तानमा धेरै मस्जिदहरु बन्द भएका छन् । जसमध्ये यो मस्जिद पनि एक हो । अफगानिस्तानमा कोरोना भाइरसबाट २१ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्