Logo

हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवती महिलामा कोरोना संक्रमण



Spread the love

काठमाडौं । हेलिकप्टरबाट उद्धार गरिएकी आठ महिनाकी गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । अछामकी महिलालाई हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएकी थियो ।

नेपालगञ्जमा रहेको भेरी अस्पतालमा पीसीआर परीक्षण गर्दा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

महिलासँगै आएका पति र दुई वर्षीया छोरीलाई छुट्टै राखिएको छ ।

अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती महिलामा आन्द्रामा समस्या भएपछि कोहलपुर सिफारिस गरेको थियाे ।

प्रतिक्रिया दिनुहोस्