Logo

कोरोना महामारीको अवस्था झन् खराब बन्दै गएको छ– विश्व स्वास्थ्य संगठन



Spread the love


एजेन्सी । विश्व स्वास्थ्य संगठनकाले कोरोना महामारीको अवस्था झन् खराब बन्दै गएको बताएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानमले भने, ‘कोरोना महामारी ६ महिनाभन्दा धेरै रहेर पनि कुनै पनि देशले यसबाट मुक्ति पाउन सकेको छैन ।’

सोमबार कोरोना भाइरससम्बन्धि पत्रकार सम्मेलनमा बोल्दै उनले बितेको दस दिनमा १ लाखभन्दा धेरै संक्रमित थपिएको र आइतबार देखिएका संक्रमितहरुमध्ये ७५ प्रतिशत दस देशमा रहेको उल्लेख गरेका छन् । दस देशमा अमेरिका र दक्षिण एसिया पनि पर्दछन् ।

‘यी देशमा अब सबैभन्दा खतरा यो छ की उनीहरु आफ्नो उपलब्धिलाई लिएर आत्मसन्तुष्ट भएका छन् । शोधमा आएको परिणाम अनुसार विश्वमा अहिले पनि धेरैजसो मानिसहरु संक्रमणको दायरमा रहेका छन् । ’ उनले थपे ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ७१ लाख कटेको छ भने मर्नेहरुको संख्या ४ लाख ६ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्