एजेन्सी । नर्वेका वैज्ञानिक बिर्गेर सोरेन्सेनले कोरोना भाइरस प्रकृतिको भाइरस नभइ मानिसले बनाएको भनी दाबी गरेका छन् ।
नर्वेका बिर्गेर साेरेन्सेन र बेलायतका प्रोफेसर एंगस डाल्ग्लेसले कोरोना भाइरसको स्पाइक प्रोटिनमा भएको सिक्वेन्स कृतिम रुपले राखिएको अध्ययनमा उल्लेख गरेका छन् ।
सोरेन्सरले कोरोना भाइरसमा भएको गुण सार्सभन्दा भिन्न भएको र प्रकृतिमा नभएको पनि दाबी गरेका छन् ।
कोरोना भाइरसको संक्रमण लगत्तै भाइरस बुहानको प्रयोगशालामा बनेको अफवाह फैलिएको थियो । अफवाह फैलिएपछि ल्याबका मालिकले यस्तो खालको भाइरसको कहिल्यै पनि अनुसन्धान नगरिएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्