Logo

सुत्केरीको मृत्युपछि अस्पताल बन्द



Spread the love

२६ जेठ, काठमाडौं ।भक्तपुरका अस्पतालमा एक जना सुत्केरीको मृत्यु भएपछि अस्पताल बन्द गरिएको छ ।

ती महिलाको सुत्केरी भएको आधा घण्टामै मृत्यु भएको हो । सिन्धुपाल्चोक घर भएकी ती महिला चागुँनारायण नगरपालिकामा बस्दै आएकी थिइन् ।

सुत्केरी व्यथा लागेपछि आइतबार उनलाई अस्पताल ल्याइएको थियो । उनको शव अस्पतालमै राखिएको छ र कोरोना परीक्षणको लागि स्वाब टेकुमा पुर्याइएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल आउँदा ती महिलामा श्वासप्रश्वासमा समस्या देखिनुको साथै रुघाखोकी पनि लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्