काठमाडौं । अस्पतालबाट निकालिएपछि एक जना कर्मचारीले शरीरमा आगो लगाइ आत्महत्या गर्ने प्रयास गरेका छन् । अछामका बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गर्ने प्रयास गरेका हुन् ।
अस्पतालबाट निकालिएका २७ वर्षीय सिद्धार्थ आहुजीले सोमबार शरीरमा पेट्रोल छर्केर आत्महत्या गर्ने प्रयास गरेका हुन् । उनी साँफेबगर नगरपालिकाका बासिन्दा हुन् ।
गम्भीर घाइते भएका आहुजीलाई सुरुमा बयलपाटामै उपचार गरिएको थियो । पछि भने उनलाई हेलिकप्टरमार्फत् कोहलपुर पुर्याइएको छ ।
बयलपाटा अस्पतालले कर्मचारी पाल्न नसक्ने भन्दै ३२ जना कर्मचारीलाई हटाएको थियो ।
प्रतिक्रिया दिनुहोस्