Logo

चीनले अमेरिका वा बेलायतले चाँडै भ्याक्सिन बनाओस् भनी चाहंदैन– रिक स्कट



Spread the love

एजेन्सी । अमेरिकाका सिनेटर रिक स्कटले चीनले भ्याक्सिन बनाउने काममा रुकावट गरेको आरोप लगाएका छन् ।

स्कटले एक बयानमा पश्चिमी देशहरुले भ्याक्सिन तयार गर्ने काममा चीनले दख्खल दिएको बताएका छन् ।

उनले आफूलाई यस कुराको खबर जासुसी समुदायबाट मिलेको पनि उल्लेख गरेका छन् तर उनले यससँग जोडिएको कुनै पनि कुरा खुलासा गरेका छैनन् ।

चीनले चीन विरुद्ध गरिएको आरोपलाई खण्डन गर्दै दस्तावेज जारी गरेको छ । उक्त दस्तावेजमा चीनले कोरोना भाइरससँग सम्बन्धित जानकारी जनवरीमै दिएकाे उल्लेख गरेकाे छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ । विश्वभर ७० लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने चार लाखभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्