एजेन्सी । अमेरिकाको सबैभन्दा बढी प्रभावित भएको सहर न्यूयोर्क सोमबारबाट खुल्दै छ ।
अमेरिकी प्रशासनका अनुसार न्यूयोर्क सहरमा अबको स्थिति सामान्य हुने बताएका छन् ।
पहिलो चरणमा केही परिवर्तनका साथ स्थानीय प्रशासनद्धारा न्यूयोर्क सहर खोल्नुको मतलब निर्माण, उद्योगधन्दा र खुद्रा क्षेत्रसँग जोडिएका करिब ४ लाख मानिसहरु सोमबार काममा फर्किनेछन् ।
यद्यपि सबै मानिसलाई महामारीको रोकथाम सम्बन्धी केही सावधानी अपनाउनको लागि बताइएको छ । स्थानीय प्रशासनले सावधानी अपनाउनको लागि निर्देश पनि जारी गरेको छ ।
न्यूयोर्कमा अहिलेसम्म कोरोना भाइरसबाट दुई लाखभन्दा बढी संक्रमित भएका छन् भने २१,८४४ जनाको ज्यान गएको छ ।
महामारीबाट न्यूयोर्क सहरमा आठ लाखभन्दा धेरैको जागिर गएको छ र सहरको आम्दानीमा यस साल ९ बिलियन अमेरिकी डलर कम हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्