काठमाडौं । आहारा खोज्दै हिँडेको चितुवा खोरमा परेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ४ राम्चेमा पालेका कुखुरा खान गएको चितुवालाई स्थानीयवासीले थुनेका छन् ।
राम्चेका एक स्थानीय बासिन्दाको खोरमा रातमा कुखुराहरु कराउन थालेपछि परिवारले के भयो भन्दै खोरमा हेर्दा चितुवा देखेपछि खोर बन्द गरेका थिए । चितुवालाई थुन्ने क्रममा स्थानीय बासिन्दाको खुट्टा भाँचिएको छ ।
वन कार्यालयका कर्मचारी र प्रहरीकाे सहायताले चितुवालाई वन कार्यालयमा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्