२५ जेठ, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) दर्ताका लागि नेताहरुबीच नेतृत्वको विवाद टुँगो लागेको छ। दुवै पार्टीले कार्यकारी अधिकार पाउनु पर्ने अडान राखिरहेका बेला महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई तीनै जना अध्यक्ष रहने गरी दल दर्ताका लागि जाने सहमति जुटेका हो।
राष्ट्रिय जनता पार्टी र समाजवादीले एकता घोषणा गरेको डेढ महिनासम्म पनि वरियता नमिल्दा दल दर्ता हुन सकेको छैन । वैशाख १० गते एकीकरणको घोषणा गरेको पार्टीले आइतबार वरियता विवाद मिलाएको हो ।
नेता लक्ष्मण दल कार्णका अनुसार जसपाले आज नै निर्वाचन आयोगमा दल दर्ताका लागि कागजात बुझाउने तयारी गरेको छ। उनले भने, ‘नेतृत्वको विषयमा कुरा मिलेको छ। कागजात बनाएर हामी आजै दल दर्ताका लागि आयोग जाँदैछौँ।’
प्रतिक्रिया दिनुहोस्