२५ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा आज थप ५४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा विभाग प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्