Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

२५ जेठ, काठमाडौं । विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसको प्रत्यक्ष असर सुनचाँदीमा प्रभाव परेको थिए भने साढे दुई महिना अघिदेखि लगातार उकालो लागेको सुनको मूल्य आज आइतबार ह्यातै बढेको छ।

१० चैत देखि सुनको कुनै व्यापार भएको थिएन साढे दुई महिनापछि तोकियो सुनको मूल्य भन्दा १० हजार बढीले महँगियो छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सार्वजनिक गरेको सुनको मूल्यमा प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।

यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। साढे दुई महिनामा १० हजार ४ सयले मूल्य बढेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ। चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ९२५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्