Logo

गोरखामा लोपोन्मुख तामे सालक भेटियो



Spread the love

काठमाडौं । गोरखा नगरपालिका ९ वीरेन्द्रचोक क्षेत्रमा दुर्लभ तामे सालक भेटिएको छ । उक्त सालक स्थानीय होमप्रसाद रेग्मीको घरमा भेटिएको थियो ।

उक्त सालकलाई वन कार्यालयको टोलीले उद्धार गरेको छ । सालक शनिबार फेला परेको थियो । सालकलाई पमा भनेर पनि चिन्ने गरिन्छ । सालकले कमिला, धमिरा लगायतका किरालाई आहाराको रुपमा खाने गर्दछ । सालक खानाको खोजीमा हिँड्दै गर्दा होमप्रसादको घरमा पुगेको अनुमान गरिएको छ ।

सालकको मासु र त्यसको खपटाबाट क्यान्सर र दमको रोग निको हुने विश्वास गरिने भएकाले बढी शिकार गरिने बताइएको छ । सालक समुन्द्री सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्