Logo

ब्राजिलले पनि डब्ल्यूएचओ छाड्ने घोषणा



Spread the love

एजेन्सी । ब्राजिलले पनि विश्व स्वास्थ्य संगठन छाड्ने भएको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले विश्व स्वास्थ्य संगठन छाड्ने चेतावनी दिएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुनेमा दोस्रो स्थानमा ब्राजिल रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण बढिरहेको र तत्काल लकडाउन खोल्न नहुने भनी डब्ल्यूएचओले सावधान गराएको थियो । त्यसपछि राष्ट्रपतिले डब्ल्यूएचओ छाड्ने चेतावनी दिएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ४५ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ३५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यसभन्दा अगाडि अमेरिकाले डब्ल्यूएचओ चीनसँग मिलेको भन्दै डब्ल्यूएचओ छाड्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्