एजेन्सी । इजरायलका एक सांसद बिहीवार कोरोना संक्रमण पुष्टि भएपछि संसद स्थगित गरिएको छ ।
सांसद सामी अबु शहोदेहको ड्राइभरलाई कोरोना संक्रमण भएपछि उनी दुई दिन पहिला आइसोलेशनमा बसेका थिए ।
उनले दुई सातामा हजारौँ मानिसलाई भेटेको बताएका छन्।
टाइम्स अफ इजरायलका अनुसार उनले भने,‘ म शोक मनाउन मानिसहरुको बीचमा गएँ, पारिवारिक अनुष्ठान र प्रदर्शनीमा भाग लिएँ । यसै गरी म समितिमा गएँ, संसदमा गएँ । ’
सांसदले आफ्नो सम्पर्कमा आएका सबै मानिसलाई आइसोलेशनमा जान र कोरोना परीक्षण गर्नको लागि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्