Logo

भ्याक्सिनको सबैभन्दा धेरै जरुरत रहेको छ– बिल गेट्स



Spread the love

एजेन्सी । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले भ्याक्सिन बनाउन सफल भएको खण्डमा विश्वभर भ्याक्सिन वितरण हुुनुपर्ने कुरामा जोड दिएका छन् ।

बिल गेट्सले भ्याक्सिनको बारेमा भएकाे सम्मेलनमा भाग लिएका थिए । उक्त सम्मेलनमा विश्वका नेता र केही ठुला कम्पनीका प्रतिनिधित्वहरु प्नि थिए । प्रस्तुत सम्मेलनको उद्येश्य भ्याक्सिन बनाउनको लागि ७ अर्ब ४० करोड डलर राशि जुटाउनु पनि रहेको छ ।

बिल गेट्सले भ्याक्सिनको लागि सहयोग गर्नुपर्ने यो क्षण निकै महत्वपूर्ण रहेको बताउँदै सबैले दान गरे धेरैको ज्यान बचाउन सकिने कुरा गरेका छन् ।

प्रस्तुत काेषमार्फत् काेराेना भाइरसकाे भ्याक्सिन मात्र नभइ पाेलियाे, टाइफाइड लगायतका अन्य ज्यान लिने बिमारीबाट बच्नकाे लागि भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकाे छ ।

कोरोना भाइरसको कारणले विश्वभर खोप अभियानमा निकै असर परेको छ । महामारीको कारणले गर्दा लगभग ८ करोड बच्चाले खोप लगाउन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्