Logo

अक्सफोर्डको भ्याक्सिन ब्राजिलमा परीक्षण गरिने



Spread the love

एजेन्सी । अक्सफोर्ड यूनिभर्सिटीले कोरोना संक्रमण रोकथामको लागि विकसित गरेको भ्याक्सिनको परीक्षण जुनको मध्यबाट सुरु गर्ने बताएको छ ।

यस साता भर्ना हुने दुई हजार स्वयंसेवकमा यस भ्याक्सिनको परीक्षण गरिनेछ । यस शोधमा सहयोग गरिरहेको यूनिभर्सिटी अफ साओ पाउलाका अधिकारीहरुका अनुसार शोधमा १८ देखि ५५ वर्षबीचका स्वयंसेवमलाई समावेश गरिनेछ ।

कोरोना भाइरसको अस्पतालमा सरसफाइ गर्ने स्वयंसेवकले पनि यस परीक्षणमा भाग लिन पाउने छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितको संख्या अत्याधिक भएको हुनाले परीक्षणको लागि ब्राजिललाई छानिएको हो । कोरोना संक्रमणको केसमा अमेरिकापछि ब्राजिलमा अत्याधिक संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्