Logo

कोरोना भाइरस रोक्नको लागि स्पेनमा आपतकाल बढाइयो



Spread the love

एजेन्सी । स्पेनको सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको लागि देशमा लागु भएको आपतकाल २१ जुनसम्म बढाएको छ । यसलाई अन्तिम आपतकालीनको रुपमा मानिएको छ ।

स्पेनको विपक्षी पार्टी र वोक्स पार्टीले आपतकाल लगाएको भनी विरोध गरेका छन् ।

विपक्षी पार्टीहरुले महामारीको दौरान प्रधामन्त्री पेड्रो सान्चेसको नीतिको पनि आलोचना गरेका छन् । प्रस्तुत आलोचनालाई प्रधानमन्त्री पेड्रोले विपक्षी पार्टीको घृणाको सिकार नहुनको लागि आग्रह गरेका छन् ।

स्पेन कोरोना भाइरसबाट प्रभावित हुने राष्ट्रहरुको सूचिमा पर्दछ । यद्यपि हालचाल स्पेनमा कोरोना भाइरसको संक्रमण केही नियन्त्रण भएको छ ।

प्रतिक्रिया दिनुहोस्